८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

धुम्बाराही बैठकमा नेकपाका पाँच सचिवालय सदस्य सहभागी, बादल पनि अनुपस्थित



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।

९ सदस्यीय सचिवालयका ४ जना भने गएका छैनन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी छैनन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका थिए। सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई खबर पुगे पनि मन्त्रालयको काम व्यस्तताले उनी नगएको बताइएको छ। अर्थमन्त्री समेत रहेका महासचिव बिष्णु पौडेलको पनि अर्थ मन्त्रालयमा बैठक रहेकाले उनी सहभागी नभएको बताइएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ४ : २३ बजे