काठमाडौँ ।
अमेरिकामा जारी राष्ट्रपति चुनावको मत गणना क्रममा प्रतिद्वन्दी जो बाइडेनभन्दा पछाडि परिरहेका डोनाल्ड ट्रम्प निराश र क्रुद्ध भएका छन्।
बिबिसीका अनुसार सडक तथा टेलिभिजनमा उनका पक्षमा एकदमै कम समर्थक देखिएका छन्।
ट्रम्पका निकट एक व्यक्तिले त्यहाँको टिभी च्यानल सिबिएस न्युजलाई यो कुरा बताएका हुन्।
ती व्यक्तिले सिबिसीसँग भनेका छन्– ट्रम्प धेरै दिनदेखि टिभी हेरेर समय बिताइरहेका छन्, फोनमा व्यस्त हुने गरेका छन् र शुक्रबारदेखि कार्यालय र घर गरिरहेका छन्।
ट्रम्प अभियानका प्रतिनिधिले कानुनी लडाइँ गर्ने कुरा जोडतोडसाथ उठाइरहेका त छन्, तर त्यसको पनि स्पष्ट रणनीति छैन।
यी कुरा केही महिना अघि नै सोच्नुपर्ने तर यस विषयमा कसैले पनि ट्रम्पसँग कुरा गर्न नचाहेको भन्दै केही सहयोगीले गुनासो गरेका छन्।
ट्रम्पले पुनः मत गणना गर्नुपर्ने माग गर्दै अदालतमा हालेको मुद्दाका सन्दर्भमा पनि कुरा पेन्सलभियामा आएर अड्किन्छ। किनकि यहाँ मतको अन्तर कम भयो भने अदालती प्रक्रिया उनका लागि सहयोग बन्न सक्छ।
तर भोटको फरक फराकिलो भयो र बाइडेनका पक्षमा गयो भनेचाहिँ यसबाट पनि कुनै फाइदा हुनेवाला छैन। अहिले ट्रम्पको कानुनी टोलीले यिनै विषयमा ध्यान केन्द्रित गरिरहेको बिबिसीले जनाएको छ।







प्रतिक्रिया