७ असार २०८३, आइतबार | Mon Jun 22 2026

शिक्षा भन्दा ठूलो सम्पत्ति होइन्ः रजत प्रताप शाह



मायादेवी अनलाइन, कृष्णनगर ।
भारतीय सिमावर्ती कृष्णनगर नगरपालिकाका १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको हो । नगरपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको हो । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको जनाइएको छ ।

उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहले बताउनुभएको छ ।

यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाहले विश्वास व्यक्त गर्नुभयो ।

उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भूमिकाको निर्वाह गरेको उहाँले बताउनुभयो । छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ मेयर शाहले भन्नुभयो, ‘शिक्षा भन्दा ठूलो सम्पत्ति केही होइन् ।’ बालिकाहरुलाई निरन्तर विद्यालय पठाउन अभिभावकहरुसँग समेत आग्रह समेत गर्नुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनुभयो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो ।

बीचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरे बताउनुभयो ।

कार्यक्रममा सुदिप मौर्य, अमर श्रीवास्तव लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  ५ : ४४ बजे