९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

तिन दिनको मौसम पूर्वानुमान, देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन



काठमाण्डौँ ।
भूभागमा आंशिक बदलीजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ८ : ३९ बजे