२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जन्ती बोकेको जीप दुर्घटना, १४ जनाको मृत्यु



काठमाडौं ।

भारतकोे उत्तर प्रदेश प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन्।

मृत्यु हुने बच्चामा ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर भने २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रोकिरहेको ट्रकमा जीप ठोक्किँदा उनीहरुको मृत्यु भएको उत्तरप्रदेश प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ।

मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन्। उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए। जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए।

दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सहयोग गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  ९ : ४३ बजे