२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आज देशभरको मौसम कस्तो रहने छ ?



काठमाडौँ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सामान्यता सफा रहेको मौसमविदले बताएका छन्। आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन्। अरु प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहनेछ।

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ८ : ३७ बजे