८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पाँच वर्ष कांग्रेस सरकारमा जाँदैनः प्रवक्ता शर्मा



काठमाडौँ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने दाबी गरेका छन्। सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएर पार्टी नै विभाजन हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पनि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्।

शनिबार बालुवाटारमा भएको भेटमा ओलीले नेकपा विभाजन हुने जनाउ दिँदै देउवालाई आठवटा मन्त्रालय लिएर आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रष्ट जवाफ नदिई बालुवाटारबाट देउवा बाहिरिए पनि आइतबार प्रवक्ता शर्माले ट्वीटमार्फत सरकारमा नजाने बताएका हुन्।

उनले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘भ्रम कोही कसैलाई केही छ भने पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अत कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं। नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं।’

प्रकाशित मिति : ७ मंसिर २०७७ आइतबार ००:००  ५ : ५५ बजे