८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोनाका कारण सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको निधन



काठमाडौं ।

कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक इन्सपेक्टर नवीन बुढाथोकीको निधन भएको छ। उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता राजु रिजालले जनाकारी दिए।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ। उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  १० : ४६ बजे