८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मायादेवी गाउँपालिकामा अपाङ्गता परिचय पत्र बितरणका लागि शिविर



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपाङ्गता परियत्र पत्र बितरणका लागि शिविर चलाइएको छ । गाउँपालिकाले पकडीस्थित कार्यालयमा ४ दिने शिविर बुधवारबाट सुरु गरेको हो ।

गाउँपालिका प्रमुख बजरंगी प्रसाद चौधरी, उप प्रमुख गिता तिवारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद लामिछानेले संयुक्त रुपमा शिविरको उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख चौधरीले अपाङ्गता परिचय पत्रमा ढिलाई भएको स्विकार गरे । उनले कर्मचारी अभाव लगायतका कारणले अपाङ्गता परियत्र पत्र बितरण कार्य लामो सयम रोकिएको दुःख ब्यक्त गर्दै अब परिचय पत्र बितरणलाई तीब्रता दिईने बताए ।

गाउँपालिका स्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष तिवारीले आफुहरुले बिभिन्न कारणले चाहेर पनि अपाङ्ग परिचय पत्र बितरण गर्न नसकेको भन्दै अब भने अपाङ्गताको परिचय पत्र बितरणलाई अभियानका रुपमा लैजाने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत लामिछानेले अपाङ्गताको परियत्र पत्र बितरण लगायतका सवालमा गाउँपालिकाले अब ध्यान दिने बताए । यस अघि अपाङ्ग परिचय पत्र बितरणका बिषयमा गाउँपालिकामा अपाङ्गता भएकाहरुले बिरोध प्रर्दशन र धर्ना दिएका थिए ।

समितिका अगुवा ओरिराम चौरसियाले अपाङ्गको हक अधिकारका बिषयमा गाउँपालिकाले ढिलै गरे पनि काम सुरु गरेको बताए । गाउँपालिकाका सामाजिक फाटका प्रमुख बैतुल्लाह धुनियाले ४ दिने शिविरमा ९५ बढीलाई परिचय पत्र बितरण गर्ने योजना रहेको बताए ।

शिविरमा हरनामपु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गंगाराम यादव लगायतका टोली छन । कार्यक्रम गाउँपालिका उपाध्यक्षको अध्यक्षता र र्बैतुल्लाह धुनियाको संचालनमा भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७ बुधबार ००:००  ५ : ३२ बजे