८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आज फेरि थपिए १६ सय १४ जना संक्रमित,मृतकको संख्या १४ सय नाघ्यो



काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै नेपालमा हालमसम्म कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, देशभर १४ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १६ हजार ७९३ जना सक्रिय संक्रमितहरू रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ४९१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७७ बिहिबार ००:००  ४ : ३० बजे