७ असार २०८३, आइतबार | Sun Jun 21 2026

छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ



पर्वत ।

छोरी बलात्कार गरेको आरोपमा कास्कीका ३९ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेका ती पुरुषको परिचय भने गोप्य राखिएको छ।

अभियुक्तले १३ वर्षीया छोरीमाथि केही वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो समय गत मंसिर ६ गते एक होटेलमा लगेर अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको भन्ने जाहेरी परेको प्रहरीले बताएको छ। ती पुरुषलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हाडनाता करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि डिएसपी हमालले बताए।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  ११ : ०० बजे