२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एकताको रक्षाका लागि दुवै प्रतिवेदन स्थगित गर्न शंकर पोखरेलको माग



काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षाका लागि दुवै अध्यक्षको प्रतिवेदन स्थगित गर्न आग्रह गरेका छन्। सचिवालय बैठकको पूर्वसन्ध्यामा पोखरेलले दुवै प्रतिवेदन स्थगित गर्न आग्रह गरेका हुन्। आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावको जवाफ दिने गरी राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालय बैठक अग्रसर होस्।’ यसअघि पनि पोखरेलले एकीकृत प्रस्तावमा जोड दिएका थिए। उनले पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेजको वाटो एकतातर्फको बाटो नभएको बताएका थिए। ‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्नेछ,’ उनले भनेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  १ : ५९ बजे