८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

थप १९ को मृत्यु, १३ सय ८० कोरोना संक्रमित थपिए



काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, देशभर ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १८ हजार ८३ जना सक्रिय संक्रमितहरू छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १९ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ३६८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख १९ हजार ८२८ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ४ : ३१ बजे