१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

तरुण दल र नेबिसंघले तौलिहवामा निकाले राके जुलुस



मायादेवी अनलाइन, तौलिहवा ।
तनहुँमा पुल उद्घाटनको क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बिना कारण ३ घन्टा नियन्त्रणमा लिइएको घटनाको बिरोधमा कपिलवस्तुको तौलिहवामा राके जुलुस निकालिएको छ ।

नेपाल तरुण दल र नेबिसंघले संयुक्तरुपमा तौलिहवा बजारमा घटनाको बिरोधस्वरुप राके जुलुस निकालेको हो ।

कांग्रेसको तौलिहवास्थित पार्टी कार्यालयबाट प्रशासन चोकसम्म जुलुस निकालिएको थियो । सो क्रममा सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।

तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले नेकपा सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए । वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जानेक्रममा अनावश्यकरुपमा धरपकड गरी नियन्त्रणमा लिनु निकै खेदजनक कुरा भएको उनले बताए ।

उनले नेकपा सरकार असलीरुपमा अब देखिएको र त्यसको आफुहरुले सशक्त जवाफ दिने उनले बताए । नेबिसंघका जिल्ला सभापति राकेश पाण्डेयले वरिष्ठ नेता पौडेललाई पक्रेर बर्तमान सरकारले आफ्नो चरित्र देखाएको बताए । उनले यस्ता घटनाको आफुहरुले अब प्रतिकार गर्ने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ९ : ३२ बजे