८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

थप ७१० मा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु



काठमाडौं ।

बितेको २४ घण्टामा देशभर थप ७१० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १७ सय ७७ जनाको मृत्यु भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको कुल ८ हजार ८४० छ। ४ सय ४१ जना क्वारेन्टाइनमा रहेका मन्त्रलायले जारी गरेको सूचना उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ६६ हजार २१० वटा पिसिआर गरिएको जनाइएको छ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  ४ : २३ बजे