७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा ओली कदमविरुद्ध ४ नम्बरमा प्रदर्शन



मायादेवी अनलाइन, चार नम्बर ।
मानवाधिकार तथा शान्ति समाज कपिलवस्तुले बाणगंगामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले चालेकोे अलोकतान्त्रिक र असंवैधानिक संसद विघटनको विरुद्धमा ४ नम्बर चोकमा बुधबार शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

बिभिन्न प्ले कार्डहरुसहित मानवअधिकारकर्मीहरुले एकैछिन प्रदर्शन गरेका थिए । प्रदर्शनपछि भनाई राख्दै केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल र केन्द्रिय सदस्य कृष्ण पङ्गेनीले ओलीकदम अलोकतान्त्रिक रहेको भनाई राख्दै यो कदम लोकतन्त्र माथिको सुनियोजित प्रहार रहेको बताउनु भएको थियो ।

संसद विघटन गरेर ओलीले जीवनकै गम्भीर कमजोरी गरेको भन्दै मुलुकको विकासमै यस कदमले धक्का दिने बोल्ने वक्ताहरुले बताए ।

शान्ति सामाज जिल्ला अध्यक्ष गोविन्द पोख्रेलको सभापतित्व, सदस्य माधव घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा आजिवन सदस्य बिमला गैरे, बाणगंङा सामुदायिक पुस्तकालयका अध्यक्ष दिलिप कार्की, अधिकारकर्मी कृष्ण भट्टराई, सन्चारकर्मी बुद्धिसागर बेल्बासे, बसन्ती कुँवर लगायतको सहभागिता थियो । कार्यक्रमपछि समाजको नियमित वैठक पनि बसेको थियो । वैठकले पौष २५ गते जितपुरमा समाजको साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७ बुधबार ००:००  ४ : ०४ बजे