२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

थपिए २१३ कोरोना संक्रमित, निको भए २९६



काठमाडौं ।

थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ४ : ५५ बजे