७ असार २०८३, आइतबार | Sun Jun 21 2026

इन्डोनेसियाको गाउँमा आयो अचम्मको बाढी



एजेन्सी ।

इन्डोनेसियाको एउटा गाउँमा केही दिनअघि बाढी आयो। त्यो बाढीको पानी धमिलो थिएन बरू रगत मिसिएजस्तो रातो थियो। रातो पानीले जाभा प्रान्तमा पर्ने जेंगगट गाउँका सडक र अरू संरचना डुबेपछि मानिसहरू आश्चार्यमा परे। यस्तो पानी कहाँबाट आयो भनेर सामाजिक सञ्जालमा पनि निकै चर्चा भयो।

पछि थाहा भयो बाढीको पानी सबैभन्दा पहिला कपडामा रङ लगाउने एउटा फ्याक्ट्रीमा पसेको रैछ। त्यही पानी गाउँमा चारैतिर फैलियो अनि सबै पानी राताम्ये भयो।
यो गाउँ परम्परागत र आधुनिक ड्राईका लागि प्रसिद्ध छ। यसअघि पनि उक्त गाउँका नदीमा पानीको रङ बदलिने गर्थ्यो। गत महिना एउटा अर्को गाउँमा नदीको पानी हरियो भएको थियो।
इन्डोनेसियाका धेरै भू-भाग वर्षेनी बाढीको चपेटामा पर्ने गर्छन्।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  २ : ४६ बजे