८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

थपिए १ सय १२ कोरोना संक्रमित, ५४ भए निको



काठमाडौं ।
नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ। पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ।

त्यस्तै शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७१ पुगेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ५ : २६ बजे