२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

२ हजार ८२४ मा कोरोना परीक्षण गर्दा ८१ लाई कोरोना



काठमाडौं ।
नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। पछिल्लो २४ घन्टामा ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७ शनिबार ००:००  ४ : ५९ बजे