बाबुराम रायमाझी, भलवाड ।
रुख रोपौं, बन जोगाऔं भन्ने मुल नाराका साथ सरेपानी सामुदायिक बन उपभोक्ता समूह वाणगंगा ९ पडेरियाले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण सभामा समुहकी सचिव फुलमाया गुरुगले समुहको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मेनुका भुसाल थारुले आ.ब. ०७७।०७८ को झण्डै ३ करोड बराबरको प्रस्तावित आय व्यय प्रस्तुत गर्नुभएको छ ।
सो सभामा सामुदायिक बन अन्तरगतका २४ जना सुत्केरी महिलाहरुलाई २ हजार बराबरको पौष्टिक आहार वितरण गरिएको थियो ।
सामुदायिक बनले उपभोक्तालाई आयआर्जनका तालिम, स्वास्थ्य सचेतना तथा विद्यालय सहयोग, ज्येष्ठ नागरिक सम्मान, बन संरक्षणका लागि सचेतना कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रम सरेपानी सामुदायिक बनका अध्यक्ष गिरु बहादुर गुरुङको अध्यक्षता, वडा अध्यक्ष ध्रुव वेल्वासेको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष विन्द्र गुरुङको स्वागत तथा फुलमाया गुरुङको संचालनमा भएको थियो ।
सो सामुदायिक बन १ सय ७५ दशमलब ७१ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने समुहबाट ३ सय ७२ घरधुरी लाभान्वित छन् ।







प्रतिक्रिया