८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बेपत्ता भएका ७ किशोरीहरू भारतको सीतामढीमा भेटिए



काठमाडौं ।
महोत्तरीको भंगहा नगरपालिकाबाट बेपत्ता भएकी ७ जना किशोरीहरू भारतको सीतामढीमा फेला परेका छन्। २ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार वेपत्ता भएका किशोरीहरू भारतको सीतामढीबाट फेला परेको भए पनि नेपाल प्रहरीलाई हालसम्म हस्तान्तरण भएको छैन।

‘उनीहरू हिजो घाँस काट्न गए पनि अबेर रातिसम्म घर नफर्किंदा प्रहरीले व्यापक रूपमा खोजतलास गरेको थियो,’ सिंहले लोकान्तरसँग भने,’उनीहरूलाई कसैले अपहरण गरेको हो वा मानव बेचबिखनको शिकार भएको हो वा आफैं कतै जान लागेको हो भन्ने विषयमा अहिले केही पनि खुलेको छैन।’

नेपाल प्रहरीले ती किशोरीहरूलाई बुझे पछि अनुसन्धान गर्दा मात्र खुल्ने उनले बताए। घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रञ्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।

भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहका अनुसार आज बिहान सीतामढीमा त्यहाँको भारतीय सुरक्षाकर्मीले केरकार गरे पछि नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको बताए।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  २ : ५७ बजे