१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

नेपाल सुपर लिगको लागि बुटवल लुम्बिनी एफसीमा ३ विदेशी खेलाडी अनुबन्ध



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले तीन अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।बुटवलले एनएसएसका लागि घाना, नाइजेरिया र चादका खेलाडीलाई अनुबन्ध गरेको हो ।

बुटवलले अनुबन्ध गरेको खेलाडीमा चादका अर्मान्ड बेअडौम, नाइजेरियाका ओमोलाजा नुराइन करिम र घानाका विलियम ओपोकु असेइडु रहेका छन् ।

करिम र विलियमले एएफसी कपको समूह चरणमा मनाङ मर्स्याङ्दीविरुद्ध पन्जाब एफसीबाट खेलेका थिए ।अर्मान्ड भने नेपालमा दोस्रो पटक खेल्न लागेका हुन् । उनले यस अघि च्यासल युथ क्लबबाट खेलेका थिए ।

बुटवलको मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य विशाल श्रेष्ठ रहेका छन् ।यस्तै प्रशिक्षकमा सनोज श्रेष्ठ रहदा निर्देशकमा पूर्व खेलाडी तथा प्रशिक्षक राजु काजी शाक्य रहेका छन् ।बुटवलले आफ्नो पहिलो खेल पोखरा थण्डर्ससँग खेल्नेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएल बैशाख ११ गतेबाट जेठ १ सम्म हुँदैछ ।पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ६ : ०८ बजे