२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा प्रदेश ‘राजधानी’ माग गर्दै तरुण दल संघर्षमा



मायादेवी अनलाइन, कपिलवस्तु २२ पुस ।
नेपाल तरुण दल कपिलवस्तुको आयोजनामा कपिलवस्तुलाई ५ नं प्रदेशको राजधानी बनाउनु पर्ने माग राख्दै शनिवार १ घण्टा चक्का जाम गरिएको छ । ५ नं. प्रदेशको राजधानी कपिलवस्तु बनाउनु पर्नेमा सरकारले अन्तै राख्न षडयन्त्र गरेको भन्दै बिरोध स्वरुप ठिक १२ बजे देखि १ बजे सम्म चक्काजाम गरिएको हो । रुपन्देही र कपिलवस्तुको सिमा कोठि नदिमा १ घण्टा सडक बन्द गरिएको थियो । चक्काजाम पछि कोणसभाको नेतृत्व तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीको अध्यक्षतामा गरिएको थियो ।
जसमा नेपाली कांग्रेसका जिल्ला सदस्य रबि काफ्ले, जमशेद खाँन, नेपाली कांग्रेस बाणगंगा नगर सभापति बिष्णु थापा, नेता बिष्णु न्यौपाने, छबिलाल नेपाली, गणेश क्षेत्री, रमेशचन्द्र भुसाल, झलक मल्ल, महिला नेत्री मधु शर्मा पौडेल, तरुण दल क्षेत्रीय अध्यक्ष तिलक थापा, नगर अध्यक्ष सुरेश सेन, नेबिसंघका सिद्धार्थ क्याम्पस अध्यक्ष दिनेश क्षेत्री, सांस्कृतिक संघका चन्द्रकान्त पोख्रेल, नेका नगर सचिब रामजी सेन सहसचिव ईश्वर थापा, तरुण दलका गोबिन्द आचार्य, प्रबिन पौडेल, गुरुदेब पौडेल, कल्याण टन्डन, कृष्ण चौधरी लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबैको पायक पर्ने ठाँउ कपिलवस्तु रहेको र सबै दृष्टिले कपिलवस्तुलाई उपयुक्त ठाँउ पर्ने जहाँ राजा शुद्धोधनको राजधानी कपिलवस्तु पहिले नै रहेको बताएका थिए । दाङ रुपन्देही राजधानीको लागि लडिरहेका बेला सबैलाई मिलाउन सक्ने कपिलवस्तु रहेको देखिएको बताएका छन । शनिवारबाट कपिलवस्तु राजधानी हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्ने र सुनुवाई नभएमा अझ थप शसक्त बनाएर लैजाने जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताउनु भयो । कार्यक्रमको सञ्चालन नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  २ : १६ बजे