७ असार २०८३, आइतबार | Sun Jun 21 2026

यी हुन् मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले सांसद



काठमाडौं ।
नेकपा (एमाले) को माधव नेपाल पक्षको समर्थनका कारण सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो ।

५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत पर्‍यो कांग्रेसका १२ जना सांसद तटस्थ बसे । विश्वास जित्नका लागि २७ मत आवश्यक थियो । जसमध्ये एमालेका माधव पक्षबाट १७ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका छन् ।

यी हुन् फ्लोर क्रस गर्ने एमालेका १७ सांसद

अमरबहादुर साउद
अर्चना गहतराज
कुलवीर चौधरी
कृष्णराज सुवेदी
चुनकुमारी चौधरी
तारा लामा तामाङ्ग
दीर्घ सोडारी
दुर्गाकुमारी कामी
पूर्णा जोशी
प्रकाशबहादुर शाह
प्रकाश रावल
बलबहादुर सोडारी
मनाकुमारी साउद
माया भट्ट
लालबहादुर खड्का
सुशीला बुढाथोकी
हर्कबहादुर कुँवर ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ७ : २२ बजे