१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक साता थप्‍ने तयारी



काठमाडौं ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी भएको छ। निषेधाज्ञाबारे निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख अधिकारी आइतबार दिउँसो दुई बजेपछि बैठक बसी निर्णय लिनेछन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले कम्तीमा पनि एक साता निषेधाज्ञा थप्ने छलफल भएको बताए।

उनले भने,‘कोरोना संक्रमणको जोखिम अझै कायमै भएकोले एकसाता निषेधाज्ञा थप्ने भन्‍ने छलफल भएको छ,निर्णय भने दिउँसो साढे दुई बजे तीनै जिल्लासँग बस्दै छौँ,त्यसपछि निर्णय हुन्छ।’

बैठकपछि मात्रै कुन क्षेत्रमा खोल्न दिने र रोक लगाउने भन्ने बारे जानकारी हुने उनले बताए। कोरोनाको दोस्रो भेरियन्ट देखिएसँगै उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक(पटक थप गरिँदै आएको छ। जारी निषेधाज्ञा ३१ गते सकिँदै छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ३ : ५९ बजे