८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

निजी निवासबाट बालुवाटार सरे प्रधानमन्त्री देउवा



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका छन्।

गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा शुक्रबार बिहान बूढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन्। प्रधानमन्त्री देउवा बिहान ९१०स्०३० बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरका हुन्।

उनलाई निजी निवास बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए। सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  १२ : १० बजे