७ असार २०८३, आइतबार | Sun Jun 21 2026

देउवालाई विश्वासको मत दिनेबारे आन्तरिक छलफलमा माधव नेपाल समूह



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे यतिखेर नेता नेपाल निवास कोटेश्वरमा छलफल भइरहेको छ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराइसकेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका माधव समूह सरकारको निरन्तरतामा पनि निर्णायक भूमिकामा छ।

देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसद् हस्ताक्षर गरेका थिए। अधिकांश सांसदहरूले देउवालाई विश्वासको मत दिने बताउँदै आइरहेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ११ : ५१ बजे