२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानले दिए बधाई



काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई​ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।

प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन्। बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, “प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु। मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ” ।

प्रकाशित मिति : ४ श्रावण २०७८ सोमबार ००:००  ११ : ३२ बजे