२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

रघुजी पन्तको ओलीलाई प्रश्न : माधवविरुद्ध नारा लाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ?



काठमाडौं ।
नेकपा एमाले का स्थायी कमिटी सदस्य रघुजी पन्तले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा लगाएर पार्टी जुटाउन खोजेको कि फुटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, चौबीस घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ?

पार्टी अध्यक्ष आफैँले एकता बिथोल्नेगरी जथाभावी बोलेको पन्तले उल्लेख गरेका छन्। मनदेखि नै एकता चाहेको हो भने व्यवहार परिर्वतन गरेर संयमित र जिम्मेवार हुन पनि आग्रह गरेका छन्।

जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार किन र केका लागिरु मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार व्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौँ, उनले लेखेका छन्।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै नारा जुलुस गर्दा समेत सुवास नेम्बाङ र अग्नि खरेलले कार्यकर्तालाई अनुमति दिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्।

सर्वोच्च अदालतको फैसला विरूद्ध नारा जुलुस गर्ने र प्रावधानन्यायाधीशविरूद्ध नारा लगाउँदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय व्यवस्था मन्त्री भइसकेका र कानून व्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिन सकेकारुु उनले लेखेका छन्, ुआफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला।

सडकमा रमिता देखाएर पुतला जलाउने र नारा लगाउने कामले एमालेको मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको उनको भनाइ छ।

लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनुपर्नेछ। यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु, हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौँ, माफ गर्नुहोला जनता जनार्दन नेता , पन्तले लेखेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०७८ मंगलबार ००:००  १ : ०९ बजे