७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बाबुरामको उरन्ठेउलो बुद्धिले नेपाललाई कहीँ पुर्‍याउँदैन : रामचन्द्र पौडेल



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उनले नेता भट्टराईलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गरेका हुन्। उनले लेखेका छन्‌, हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्‍याउने डा। बाबुराम भट्टराईको उरन्ठेउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गरेका थिए।

भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उनले दूध चढाइरहेको तस्वीरमाथि ‘विश्वास खतरनाक चिज हो, यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ भन्दै उक्त तस्वीर शेयर गरेका थिए।

भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। भट्टराईको अभिव्यक्ति हिन्दु धर्मावलम्बीको आस्थाविरुद्ध भएको उनीहरूको टिप्पणी छ।

प्रकाशित मिति : ७ श्रावण २०७८ बिहिबार ००:००  १० : ५५ बजे