२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

ओलीबाहेक सबै कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट प्रवचन दिने



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौंमा प्रवचन कार्यक्रम गर्दैछ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटोका विषयमा विचार राख्नेछन्।

कार्यक्रम दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा हुने केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। पुष्पलालको ४३औं स्मृति दिवस हिजै देशभर विभिन्न कार्यक्रम गरि मनाइएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ११ : ४४ बजे