१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ५५ जनाको पीसीआर र चार हजार आठ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार पाँच सय १८ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २२ दशमलव २५ प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ४२ हजार आठ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा २८ हजार आठ सय ३६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  ५ : ०७ बजे