बर्दिबास ।महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका वस्तिहरुलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी वस्ति जोखिममा परेको वडाध्यक्षहरुको भनाइ छ । लगातारको वर्षापछि धेरै ठाउँमा आवागमन ठप्प भएको छ भने कतै बाढीले खानेपानीेको मुहानमासमेत क्षति पुर्याएपछि जनजीवन थप कष्टकर बनेको छ ।…