काठमाडौं ।लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ । ‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ । सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ । बेलायतका स्वास्थ्यमन्त्री…