एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल र ब्राजिली विंगर भिनिसियस जुनियरको दुई असिस्टमा स्पेनिस क्लब रियल म्याड्रिडले युइयफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई पराजित गरेको छ । फेरि एकपटक करिम बेन्जेमा र भिनिसियस जुनियरको समन्वय मिलेपछि रियलले घरेलु मैदानमा साख्तरलाई २–१ ले पराजित गरेको हो । दुवै गोलमा भिनिसियले असिस्ट दिए ।…