२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीवे विस्तारको काम ६० प्रतिशत पूरा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको ट्याक्सीवे विस्तारको काम ६० प्रतिशत पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत भइरहेका कामबारे स्थलगत जानकारी गराउँदै विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोन गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम युद्धस्तरमा भइरहेको बताउनुभयो…