काठमाडौं । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ। नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚…