काठमाडौं । कैलालीबाट प्रहरीले २९ जना जुवाडेलाई पक्राउ गरेको छ। जोशीपुर गाउँपालिका १ स्याउले बजारका यज्ञबहादुर विष्टको घरमा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो। शनिबार बिहान करिब सुदूरपश्चिम प्रदेश प्रहरी र कैलाली प्रहरीको टोलीले २ लाख ५१ हजार ४०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पदमबहादुर साउद, बीरराम डंगौरा, चक्रबहादुर विष्ट, चन्द्रप्रकाश…