काठमाण्डौ । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात…