काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ । हाल पहाडी भू-भागमा बदली भइरहेको जानकारी दिँदै महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । आज…