प्युठान, २१ पुस । प्युठानमा छोराले बुवाको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । मोहोनलालले आमाबुवा दुवैको हत्या प्रयास गरेका…