काठमाडौं, असोज २६ । नेकपा मसालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ । चुनावमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन विधेयकलाई फेरि पेश गर्ने सोच राखेको तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी मन्त्रिपरिषद विस्तार गरेकाजस्ता घटनाका…