नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा बालबन्दीबिच भएको कुटाकुट, विवाद र आगजनी जस्ता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले शनिबार बाल सुधारगृहमा भएका सबै घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा आइतबार प्रहरीको एक टोली खटाइएको बताउनुभयो । उहाँले प्रहरीको सो अनुसन्धान टोलीले घटनाको समग्र अनुसन्धान…