एजेन्सी । अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । जनजीवन अस्तव्यस्त भएको छ । हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५ लाखभन्दा धेरै मानिस विद्युत् विहीन हुनुका साथै हजारौँ उडान रद्द भएका बीबीसीले जनाएको छ । साउथ डकोटामा हिउँमा परेका केहीले इन्धन सकिएपछि निक्कै समस्या भोगेका छन् ।…