१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा…