काठमाण्डौ । वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले राति प्रचारप्रसार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले बनाएको आचारसंहिता र दलहरूले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ। जसअनुसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनावी प्रचारप्रसारका काम गर्न पाइनेछ।आयोगले मंगलबार दलहरूलाई यो आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धतासमेत लिएको छ। दलहरूलाई आयोगले दिएको ६० बुँदे निर्देशनको १७…