१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

टिकटकलाई सकरात्मक रुपमा लिऔँः गायिका लम्साल



मायादेवी अनलाइन जितपुर ।

पछिल्लो समय निकै लोकप्रिय बनेको सामाजिक संजाल टिकटक प्रयोगकर्ता बढि रहेका छन । छोटो समयमा नै सबैभन्दा बढी डाउनलोड भएको मोबाइल एप्स टिकटकमा दिनप्रतिदिन मानिसको आकर्षक बढेको हो । ज्ञछ सेकेन्ड को भिडियो मा आफुको कलालाई प्रस्तुत गर्न सकिने हुदा यश प्रती धेरैको आकर्षक बढ्दो छ । यस्तै लोक तथा दोहोरी गायिका वर्षा लम्साल पनि पछिल्लो समय टिकटकमा उदाउँदो कलाकारको रुपमा रहेकी छन । सुरिलो स्वरकी धनी लम्सालका दर्जनगीत बजारमा आइसकेका छन ।

फ्नो सुरिलो स्वर बाट नै चर्चा कमाउन सफल गायिका लम्साल पछिल्लो समय आफ्नो छुट्टै पहिचान बाट नै टिकटकमा छाएकी छन । उनको मौलिक पाराको नृत्य र बोली लाई धेरैले रुचाएका छ। उनले राखेका भिडियोमा आउने प्रतिकृयाले पनि यश कुरा प्रस्ट हुन्छ । गायिका लम्सालको त्यही स्वर नृत्य र मौलिकपनको बोलिलाइ मन पराउने पनि धेरै छन अहिले उनलाई टिकटकमा करिब ज्ञ लाख छण् हजार पचास हजारले फलो गरेका छन । यता पछिल्लो समय टिकटकले बिकृती भित्राएको उनको भनाइ छ । आफ्नो प्रतिभा प्रस्फुटन को लागि र आफ्नो कला प्रस्तुत गर्ने राम्रो माध्यम हुदाहुदै पनि पछिल्लो समय टिकटकलाइ नकारात्मक रुपमा लिने गरेको उनी बताउछिन । टिकटक भनेको मनोरञ्जन का साथै आफ्नो कला प्रस्तुत गर्ने ठाउँ हो तर यसलाई केइ ब्यक्ति लाई गलत रुपमा लिदै छन । यस्का साथै टिकटकमा छाडा प्रबृत्ति बढेको र कपडा गहना लगाएतका सामग्री प्रदर्सन गर्ने ठाउँ बनेको उनको बुझाइ छ ।

यसका साथै गिफ्टको नाममा पनि पनि बिकृती बढेको उनी बताउछिन । मनोरञ्जन का साथै टिकटकलाइ आफ्नो ब्यावसाय प्रबर्द्धन को रुपमा लिन सके यसबाट धेरै लाभ लिन सकिने उनी बताउछिन ।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ७ : १२ बजे