कपिलवस्तु ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्। कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरेका हुन्। तराईमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको उनको भनाइ थियो। शिक्षा,…