२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

थप २३ जनामा कोरोना पुष्टि, २१५ जना संक्रमणमुक्त



काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ५५८जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ७८० पीसीआर तथा १ हजार ४४२ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७८ आइतबार ००:००  ४ : ४० बजे